काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अन्तराष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । रास्वपाका उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई नेपाल वायुसेवा निगमको फ्लाइटबाट भारत जान लागेका बेलामा उनी विमानस्थलबाट फर्काइएका हुन । अर्यालले प्रस्तुत गरेको राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै विमानस्थलमा निगमका कर्मचारीले उनलाई विमान चढ्नबाट रोकेको हुन्
अर्याल शनिबार दिउँसो १ बजेर ४५ मिनेटको निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा थिए । बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेपछि उपसभापति अर्याल आक्रोशित भएका थिए ।
प्रतिक्रिया दिनुहोस