aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्रोग्रेशिभ फाइनान्सले गर्यो क्युआर भुक्तानी सेवाको शुरुवात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ बैशाख २०८०
प्रोग्रेशिभ फाइनान्सले गर्यो क्युआर भुक्तानी सेवाको शुरुवात

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आइतबारदेखि क्युआर भुक्तानी टेलर सेवा शुरु गरेको छ । उक्त सेवाको शुरुवात गरेसँगै यसबाट ग्राहकहरुलाई साना साना रकमहरु झिक्न पनि चेक बुक तथा डेविट कार्डको अनावश्यक प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्त बनाएको कम्पनीले जनाएको छ ।

उक्त सेवा लिन मोबाइल बैंकिङ सेवा सुचारु भएका ग्राहकहरुले संस्थाका कुनै पनि शाखा वा विस्तारित काउन्टर कार्यालयमा गई क्युआर स्क्यान गरेर रकम भुक्तानी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसको भुक्तानी सीमा भने मोबाइल बैंकिङको भुक्तानी सीमा अनुरुपकै रहने संस्थाले जनाएको छ ।

नयाँ वर्षको शुरुवातसँगै नयाँ सेवा प्रवाह गरेको यस फाइनान्सका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद भट्टराईले यस सेवाको उद्घाटन गर्दै क्युआर भुक्तानी सेवाको प्रयोग गरी सुरक्षित र भरपर्दो विद्युतीय बैंकिङ कारोबार गर्न सम्पूर्ण ग्राहकहरुलाई अनुरोध गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस