काठमाडौं । जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्साले बिल भन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । बिल बिजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रकहरू नियन्त्रणमा लिइएको हो ।
बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू विरगञ्जबाट धनुषा तथा सिन्धुली तर्फ लैजाँदै गरेको छ भन्ने सूचना प्रहरीले पाएको थियो । सोहि सूचनाको आधारमा त्यस कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट ना.३ ख ५३८४ र ना.३ ख ६०७५ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।
सो ट्रकमा जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको थियो । जहाँ ९९ लाख ९८ हजार २८० रुपैयाँ बराबरको ट्रकहरू र सो ट्रकहरू भित्र लोड रहेको खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू रहेका थिए ।
प्रतिक्रिया दिनुहोस