सर्लाही । नेपाली एक हजार दरको नक्कली नोट बरामद गरिएको छ । लालबन्दी नगरपालिका ७ स्थित फोहोर फाल्ने ठाउँबाट एक हजार दरको ५ सय ३० थान नक्कली नोट र नोट आकारको सेतो सादा पेपर ६ सय थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उक्त स्थानमा उक्त नक्कली नोट फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहको छ ।
प्रतिक्रिया दिनुहोस