काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल उपचारको लागी भारत जाने भएका छन् । उनको लामो समयदेखि दाहिने कोखामा समस्या रहेको थियो ।
राष्ट्रपतिका प्रेस संयोजक किरण पोखरेलका अनुसार उनी आज बुधबार राती दिल्ली तर्फ प्रस्थान गर्ने भएका हुन् । उनको उपचारमा संलग्न नेपाल र भारत दुवै मुलुकका चिकित्सकहरूको सल्लाहमा नै उनी त्यस तर्फ जान लागेको बताइएको छ ।
श्री एयरको विमान मार्फत उनी त्यसतर्फ जान लागेको पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस