काठमाडौं । भोली बिहीबार सात घण्टासम्म उडान र अवतरण प्रभावित हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहिबार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने जनाएको हो ।
विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो ।
त्यससमय आन्तरिक/अन्तर्राष्ट्रिय वायुसेवा उडान/अवतरण बन्द रहने र उक्त समयमा यात्रा गर्ने यात्रुहरुले सम्बन्धीत एयरलाइन्ससंग सम्पर्क गरी आवश्यक अनुसारको व्यवस्था मिलाउने समेत भनिएको छ ।
प्रतिक्रिया दिनुहोस