aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्रोत नखुलेको साढे पाँच लाख पैसासहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ बैशाख २०८०
स्रोत नखुलेको साढे पाँच लाख पैसासहित दुई जना पक्राउ

पर्सा । स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका ८ लिंकरोडस्थित सांग्रीला बैंक अगाडिबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा परवानीपुर गाउँपालिका ३ बस्ने ३४ वर्षीय कृष्ण प्रसाद सोनार र ३९ वर्षीय सुनिल साह कानु रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस