aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सुडानमा कार्यरत सबै नेपाली सुरक्षाकर्मी सकुशल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ बैशाख २०८०
सुडानमा कार्यरत सबै नेपाली सुरक्षाकर्मी सकुशल

काठमाडौं । अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन् । त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक जना स्टाफ कार्यरत रहेकामा सबै जना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । केही समयदेखि त्यहाँ फैलिएको हिसात्मक घटनामा हालसम्म एक सय ८५ जनाको ज्यान गइसकेको छ भने एक हजार आठ सय व्यक्ति घाइते भएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले त्यहाँ जारी द्वन्द्व समाधानका लागि दुवै प्रतिद्वन्द्वी नेतालाई टेलिफोन गरी युद्धविरामका लागि अपिल गरिसक्नुभएको छ । तथापि एसएएफ र आरएसएफ दुवै पक्ष युद्धविरामको सम्मान गर्न असफल भइरहेका छन् । एसएएफ सीडीआरले राजधानी र अन्य क्षेत्रलाई सुरक्षित गर्ने काम भने जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस