aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्रोत नखुलेको १४ लाख नगदसहित छठु महत्तो पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
स्रोत नखुलेको १४ लाख नगदसहित छठु महत्तो पक्राउ

पर्सा । स्रोत नखुलेको नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका ११ स्थित सडकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित बारा जितपुर सिमरा उपमहानगरपालिका ७ बस्ने ३२ वर्षीय छठु महत्तोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार महत्तोलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस