aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपैया दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका २ मगर गाउँ बस्ने ३४ वर्षीय स्माईल स्टार पुनसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वरस्थित श्री फ्रिया ट्राभल्स एण्ड टुर्स प्रालि संचालन गर्ने पुन लगायतका व्यक्तिहरूले उक्त रूपैयाँ दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त प्रालि तलासी गर्दा कम्पनीबाट विभिन्न नाम गरेको व्यक्तिहरुको राहदानी ५ थान, सिपीयू १ थान, मनिटर १ थान र विभिन्न महत्वपूर्ण डकुमेन्ट लगायतका सामानसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस