aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सौजन्य सहकारीबाट ७ लाख ७७ हजार चोरी गर्ने चार जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
सौजन्य सहकारीबाट ७ लाख ७७ हजार चोरी गर्ने चार जना पक्राउ

मोरङ । चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न चार जना पक्राउ परेका छन् । चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरूमा मोरङ ग्रामथान गाउँपालिका–५ बस्ने ४० वर्षीय दिलिप कुमार चौधरी, सोही ठाउँ बस्ने २८ वर्षीय ईरज धामी, सर्लाही लालबन्दी नगरपालिका–२ पुनरबास टोल बस्ने ३५ वर्षीय मिथुन पासवान र सर्लाही ईश्वरपुर नगरपालिका–५ नरेशखोर टोल बस्ने २६ वर्षीय मिथिलेश महत्तो रहेका छन् ।

ग्रामथान गाँउपालिका–२ झोराहाटस्थित सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २०७९ चैत २ गते राति फलामको सेफ बाकसमा राखेको ७ लाख ७७ हजार १८ रूपैयाँ चोरी भएको घटनामा उनीहरूको संलग्नता भएको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमध्ये दिलिप कुमार चौधरी, ईरज धामी र मिथुन पासवानलाई जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षको लागि कारागार चलान गरिएको छ भने मिथिलेश महत्तो २ लाख रूपैयाँ धरौटीमा छुटेका छन् ।
 

प्रतिक्रिया दिनुहोस