aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैशाख १० गते मनकामना केबलकार बन्द रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
बैशाख १० गते मनकामना केबलकार बन्द रहने

काठमाडौं । बैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि केबलकार बन्द रहने भएको हो । 

उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुदाँ भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्ने हुदाँ उक्त दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । 

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएको हो । मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ । वैशाख ११ गते देखि केबलकार पुनस् सञ्चालनमा आउने प्रालिले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस