aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सूर्य नेपालले बजारमा ल्यायो धेरै काँटीसहितकाे चम्पा जिपलक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
सूर्य नेपालले बजारमा ल्यायो धेरै काँटीसहितकाे चम्पा जिपलक

काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटिसहितको जिपलक प्याकमा बजारमा सार्वजनिक गरेको छ । नेपालमै सर्वाधिक रुचाइएको मंगलदीप चम्पा अगरबत्तीको यो जिपलक ठूलो तथा नयाँ संस्करण धेरै काँटी सहितको जिपलक प्याकमा उपलब्ध छ ।

यस जिपलक प्याकमा १६५ वटा सुगन्धित र गुणस्तरीय काँटीहरु रहेका छन् । जसको मूल्य रु. १०० प्रति प्याक कायम गरीएको छ । जिपलकमा उपलब्ध भएको कारणले मंगलदीप चम्पाको यो प्याकका काँटीको सुगन्ध बढि समयसम्म कायम रहने छ ।

जसले गर्दा हरेक पटकको प्रयोगमा ग्राहकहरुले उहि अद्भूत सुगन्ध प्राप्त गर्ने छन् । यस जिपलक प्याकले उत्कृष्ट गुणस्तरियता कायम राखी मंगलदीप ब्राण्डको छवि र ब्राण्ड प्रति उपभोक्ताको लगावलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ । 

१६५ वटा सुगन्धित एवं गुणस्तरिय काँटी भएकोले चम्पा जिपलक लामो समयसम्म चल्नेछ । जसले गर्दा छोटो अन्तरालमा अगरबत्ती खरिद गर्नुपर्ने वाध्यताको अन्त्य हुनेछ । हरेक प्रयोग पछि जिपलक बन्दगरी सुरक्षित तवरले राख्दा सहज भण्डारीकरणको साथै गुणस्तरियतामा कुनै ह्रास नआउने कम्पनीले जनाएको छ । 

मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेंडर, ज्यासमिन, त्रिसारा, त्रेया तथा पुष्पाञ्जली लगायतका विभिन्न ब्राण्डहरु बजारमा सर्वत्र उपलब्ध छन् । 
 

प्रतिक्रिया दिनुहोस