aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पूर्वराष्ट्रपति भण्डारीले गरिन् राष्ट्रपति पौडेललाई फोन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
पूर्वराष्ट्रपति भण्डारीले गरिन् राष्ट्रपति पौडेललाई फोन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीले आज राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन संवाद गरी उनको स्वास्थ्यअवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको उनको प्रेस संयोजन गरिरहेका सोम राईले राससलाई जानकारी दिए ।

राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका हुन् । उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि भइरहेको  छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । रासस 

प्रतिक्रिया दिनुहोस