aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मेघगर्जन र चट्याङगसहित वर्षाको सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
मेघगर्जन र चट्याङगसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।

 आइतबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफ रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ । तराईका थोरै स्थानमा हुरीको सम्भावना छ ।

रातिको समयमा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस