aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

आधा दर्जन स्थानमा आगलागी, करोडौंको धनमाल जलेर नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
आधा दर्जन स्थानमा आगलागी, करोडौंको धनमाल जलेर नष्ट

काठमाडौं । ललितपुर, बागमती गाउँपालिका-३ भैसे बस्ने रामसरण सापकोटाको घरमा करेन्ट सर्ट भई शनिबार बिहान आगलागी हुँदा घर र घरसँगै रहेको गोठ जलेर करिब ४१ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

धादिङ, गजुरी गाउँपालिका-२ चम्पाराङस्थित सिमन्ते खोला सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने कुलमान श्रेष्ठ र उनकै छोरा योगमान श्रेष्ठको घर र गोठमा समेत शनिबार दिउँसो आगलगी हुँदा दुवैको घर र गोठ, नगद तथा जिन्सी सामान जलेर करिब ४० लाख ४८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

काठमाडौं, बुढानीलकण्ठ नगरपालिका-७ गोल्फुटारस्थित साबित्री लामाको कपडा पसलमा करेन्ट सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा पसलको फलसिलिङ, एसि, सिलाई मेसिन ६ वटा, आइरन २ वटा र अन्य कपडाहरू समेतजलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
 
पाँचथर, फालेलुङ गाउँपालिका-१ मेहेलबोटे बस्ने पिताम्बर अधिकारीको घरमा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा नगद तथा जिन्सी लगायतका सामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-१४ सिम्ले बस्ने सन बहादुर माझीको कच्ची घरमा शनिबार दिउँसो आगलागी हुँदा नगद तथा जिन्सी सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
    
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी नदीको पलारस्थित सोही ठाउँ बस्ने अशोक कुमार मण्डलको तरभुज खेती गर्न बनाएको घरमा शनिबार दिउँसो आगलागी हुँदा नगद तथा जिन्सी सामान जलेर करिब ९ लाख २१ हजार रूपैयाँ बराबरको धनमाल  नष्ट भएको छ । 

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-२ मगरगाँउस्थित श्री जयन्ती निर्माण सेवा प्रालिको कम्पाउण्डभित्र रहेको बासको झ्याङमा लागेको आगो फैलिएर उक्त प्रालिको काठको फर्ममा शनिबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ  । 
    
 

प्रतिक्रिया दिनुहोस