aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा

काठमाडाै‍‌। चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ । शुक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावा हुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो । 

प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउसोदेखि केवलकार पुनः सञ्चालनमा आएको छ । प्राविधिक परीक्षणका क्रममा केवलकार सेवा बन्द हुँदा यात्रुहरुमा पर्न गएको असुविधा प्रति क्षमापार्थी रहेको समेत कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस