aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

केएल दुगड समूहले बजारमा ल्यायो ज्ञान मह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
केएल दुगड समूहले बजारमा ल्यायो ज्ञान मह

काठमाडौं । केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह नेपाली बजारमा ल्याएको छ । स्थानीय रूपमा उपलब्ध विभिन्न बहुमूल्य वनस्पतिहरूमा चरन गरेका मौरीहरूबाट यस महको उत्पादन गरिएको कम्पनीले जनाएको छ । 

किसानहरूद्वारा स्थानीय रूपमै उत्पादित सामानहरूको प्रवद्र्धन गर्ने उद्देश्यले यस महको उत्पादन शुरु गरिएको पनि कम्पनीले जानकारी दिएको छ । खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरूले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको परीक्षण गरी उपभोगको लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । 

मह प्राचीन कालदेखि मानव जातिमा परिचय गराइएको सबैभन्दा मूल्यवान् प्राकृतिक उत्पादनहरू मध्ये एक हो । मह एक पौष्टिक उत्पादनको रूपमा मात्र नभई परम्परागत चिकित्सामा वर्णन गरिएको र घाउ निको पार्ने लगायत अन्य क्लिनिकल अवस्थाहरूको वैकल्पिक उपचारको रूपमा पनि प्रयोग गरिन्छ । 

ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरूका साथसाथै स्थानीय किराना पसलहरूमा २५० ग्राम, ५०० ग्राम  र  १ केजी  प्याकमा उपलब्ध छ । 

 

प्रतिक्रिया दिनुहोस