aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित छन्ः सेना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित छन्ः सेना

काठमाडौं । आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एकजना अधिकारी छन् । उनीहरु हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

ती अधिकारीमध्ये सुरक्षित गन्तव्यका लागि दुई जना सुडानको छिमेकी देश चाड, एक जना पोर्ट सुडान र एकजना साउथ सुडानतर्फ सडकमार्ग हुँदै पुगेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस