काठमाडौं । संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा भएको छलफलमा संसदीय समितिको भागवण्डा मिलेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागबण्डामा सहमति जुटेको हो ।
संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिने भएको छ । त्यस्तै, राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले लिने भएको छ ।
यस्तै प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखासहित २ वटाको सभापति पाउने भएको छ । १५ सदस्यीय सुनुवाइ समितिमा कांग्रेस र एमालेबाट ४/४ जनाको सहभािगता रहने छ । त्यस्तै, बाँकी ७ जनामा माओवादी, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादी लगायतका दलबाट प्रतिनिधित्व गरिने छ ।
प्रतिक्रिया दिनुहोस