aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

काठमाडौँबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल, ठूलो आवाज सहित विमानमा आगो लागेको देखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
काठमाडौँबाट  दुबईका लागि उडेको विमानको इञ्जिन फेल, ठूलो आवाज सहित विमानमा आगो लागेको देखियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएपछी काठमाडौँको जडिबुटी क्षेत्रमा निकै ठुलो खैलाबैला मच्चिएको छ । विमानस्थलबाट उड्ने बित्तिकै विमानमा आगोको मुस्लो देखिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको एक इञ्जिन फेल भएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका  प्रवक्ता टेकनाथ सिटौलाले आर्थिकन्युजलाई जानकारी दिए । 

 उनका अनुसार विमान उडेको केहि बेरमा नै विमानको इञ्जिन फेल हुँदा ठूलो आवाज आएको र विमानका क्रूले केहिबेरमा पुन विमान सहि अबस्थामा आएको र अहिले अपरेसनमा रहेको जानकारी दिएका छन् । 

उनीहरुले उडेको केहिवेरमै इञ्जिन फेल भएपछि सो बिमान अवतरण गर्न लागेको बताएका छन्  । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । घटनामा के कस्तो क्षति भयो भन्ने पूर्ण जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस