काठमाडौँ । बैसाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्ना प्रतिद्वन्दलाई भारी मतले पछाडी छाड्दै विजयी भएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको भन्दा उनले १४ हजार ७ सयभन्दा बढी मत ल्याएका छन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका हुन् ।
त्यहाँ नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मतका साथ तेस्रो भए । त्यसैगरी राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् । यद्यपी निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।
प्रतिक्रिया दिनुहोस