aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

रवि लामिछाने २९ हजार मतान्तर सहित अगाडी, गन्न बाँकी २८ हजार मात्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ बैशाख २०८०
रवि लामिछाने २९ हजार मतान्तर सहित अगाडी, गन्न बाँकी २८ हजार मात्र

काठमाडौँ। बैसाख १० गते सम्पन्न भई मतगणना जारि रहेको चितवन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्ना प्रतिद्वन्दी भन्दा २९ हजार मतले अगाडी छन् । उनको जित अब निश्चित भएको छ। किनकि गणना हुन बाँकि मत भन्दा मतान्तर बढी भैसकेको छ ।

गणना स्थलमा निर्वाचन आयोगले गराएको जानकारी अनुसार मंगलबार बिहानसम्म ५० हजार भन्दा बढी मत गणना हुँदा लामिछानेले ३६१५८ मत पाएका छन्। त्यहाँ  उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत  भने ७१४८ मात्र रहेको छ । उनीहरूबीचको मतान्तर २९०१० रहेको देखिन्छ।

 निर्वाचन आयोगका अनुसार अब गन्न बाँकी मत २८ हजार मात्र छ। 

प्रतिक्रिया दिनुहोस