aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

उपेन्द्र यादवले बढाए अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ बैशाख २०८०
उपेन्द्र यादवले बढाए अग्रता

काठमाडौँ । बैसाख १० गते सम्पन्न  प्रतिनिधिसभा सदस्य उपनिर्वाचन जारि मतगणना अनुसार बारा  २ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले उल्लेखनीय अग्रता बढाएका छन् ।

निर्मवाचन अधिकृतको कार्यालयका अनुसार  मतगणनाको पछिल्लो परिणाम अनुसार हाल सम्म  २० हजार ५०० गणना गर्दा यादवले आठ हजार ८८१ मत प्राप्त गरेका छन् ।

अहिले उनि आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह भन्दा २ हजार ३८९ मतले अगाडी छन् । उनले जम्मा ६ हजार १७९ मत पाएका छन् । 

त्यसैगरी  एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले तीन हजार ५३८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार १६७ मात्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस