aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ बैशाख २०८०
महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट

काठमाडौं । काठमाडौँ महानगरपालिकालेकाठमाडौंको पुरानो बसपार्कमा रहेको नेपाल प्रहरीको बिट भत्काएको छ । आज महानगरपालिकाले काठमाडौँको भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त  बिट हटाएको जनाएको हो । 

पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै  महानगरले हटाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस