aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अजरवैजान पुर्‍याई साढे आठ लाख ठगी गर्ने भिम कुमार पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
अजरवैजान पुर्‍याई साढे आठ लाख ठगी गर्ने भिम कुमार पक्राउ

काठमाडौं । अजरवैजान पुर्‍याई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अजरवैजान पुर्‍याई ठगी गरेको अभियोगमा दाङ लमही नगरपालिका ५ बस्ने भीमजंग रसाइली भन्ने २५ वर्षीय भिम कुमार सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

सुनारले एक जना पीडितलाई वैदेशिक रोजगारीका लागि अजरबैजानको होटलमा मासिक ७ सय डलर तलब हुने कामको लागि पठाइ दिन्छु भनि ८ लाख ५० हजार रूपैयाँ लिई अजरबैजान पुर्‍याई ५ महिनासम्म अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस