काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रतिनिधिसभा कानुन समितिको हलमा शुक्रबार (आज) विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस