काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेका आरोपमा अधिकृत योगेन्द्रविरुद्ध मुद्दा दायर गरेको हो ।
अनुसार अधिकृत योगेन्द्र ढुङ्गेलले सेवाग्राहीसँग अनुज्ञापत्रको लागि एक करोड ५० लाख रुपैयाँ घुस/रिसवत मागेको पुष्टि भएको छ । सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको थियो ।
उनीसंग एक करोड ५० लाख रुपैयाँ समेत बिगो र कैद माग गरिएको छ । ढुङ्गेलविरुद्ध अख्तियारले आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस