काठमाडौं । काठमाडौंको एउटा घरबाट भएको एक करोडभन्दा बढी धनमाल चोरीको घटनामा सुक्ष्म अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकास्थित एक घरबाट भएको चोरीमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।
घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार शुक्रबार राति कागेश्वरी मनोहरा नगरपालिका–९ मेडिकलचोक बस्ने ४० वर्षीया पुष्पा गुरुङको घरको ताला फोडी धनमाल चोरी भएको थियो ।
घरबाट ६४.५ तोला सुनका विभिन्न गरगहना, अमेरिकी डलर ३० हजार र नेपाली ७ लाख रुपैयाँ समेत गरी करिब १ करोड १० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस