aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मौसम पूर्वानुमान,  सुधार हुन अझै केही दिन लाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ बैशाख २०८०
मौसम पूर्वानुमान,  सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौं । नेपालमा मौसम सुधार हुन अझै केहि दिन लाग्ने भएको छ । केही दिनदेखि मौसम बदली भई ठाउँठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभाव र  स्थानीय वायुको प्रभावका कारण पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज पनि देशभर आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक र दुई मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको छ ।

सोमबार पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने र तराई-मधेशका एक-दुई स्थानमा हावाहुरी आउन सक्ने पूर्वानुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि मौसम बदली हुनेछ । मंगलबार पहाडी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस