काठमाडौं । आइतबार काठमाडौंको वीर अस्पतालको पर्खाल भत्किदा ४ जना घाइते भएका छन् । अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा ४ जना घाइते भएका हुन् । घाइते हुनेमा तीन जना महिला र एक पुरुष रहेको अस्पताल युनियनका अध्यक्ष लिपक मुडभरिले जानकारी दिए ।
उनले भने, ‘छतमा रहेको साइडको पर्खाल भत्किदा पछाडि पट्टिको बिरामी कुरुवा भवनमाथिको जस्ता छेडेर तल खस्दाखेरि बिरामी कुरुवा चार जना घाइते भएका हुन् । उनका अनुसार घाइते भएका चार जनाको उपचार राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस