aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ बैशाख २०८०
श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा ५ वर्षअघि अस्ट्रेलिया गएका तपेन्द्र बरुवालको बिदामा आएको बेला नेपालमा निधन भएको छ । आफ्नी श्रीमतीलाई अस्ट्रेलियामै छोडेर बिदामा आएका बरुवालको कञ्चनपुरमा निधन भएको हो । 

मिडिया क्षेत्रमा काम गर्ने राधिका बोहरालाई बिहे गरेर उतै लगेका कञ्चनपुरको बेदकोट नगरपालिका-१० का २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर आएका थिए । श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने बाचा गरेका तपेन्द्र अब कहिल्यै अस्ट्रेलिया नफर्किने गरी अस्ताएका हुन् ।

आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जंगलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बडुवालको मृत्यु भएको थियो । बडुवालले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००–४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार कृष्णपुर५ की २० वर्षीया गरिमा महता घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस