काठमाडौं । वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठको मृत्युबारे अनुसन्धानका क्रममा प्रहरीले डा. सुजन ढकाललाई पक्राउ गरेको छ । अनुमाको शव आइतबार डा ढकालको बालाजुस्थित कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । ढकाललाई आत्महत्या दुरूत्साहनको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
स्टाफ नर्स श्रेष्ठ डा ढकालको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । कोशी अस्पतालमा कार्यरत डा. ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ । उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस