काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कार्यरत अनुमा श्रेष्ठको आत्महत्या प्रकरणमा जोडिएका डा. सुजन ढकाललाई पक्राउ गरेको प्रहरीले उनका बाबुलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।
काठमाडौँ महानगरपालिका १६ बोहराटारका सुजनका बाबु मुरलीप्रसादलाई पक्राउ गर्ने तयारी गरेपछि उनी फरार भएका छन् । डा. सुजनक ाविरुद्ध भने बुधबार म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।
प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरुविरुद्ध जाहेरी दर्ता गराएका थिए । वीर अस्पतालकी स्टाफ नर्स श्रेष्ठ गत शनिबार अपराह्न डा. ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
प्रहरीका अनुसार डा. ढकाल र मृतक श्रेष्ठबीच विगतमा प्रेम सम्बन्ध रहेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस