aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जुवातास खेलिरहेका सात जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० बैशाख २०८०
जुवातास खेलिरहेका सात जना पक्राउ

दाङ । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १८ नवलपुरस्थित स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका १७ बस्ने ४६ वर्षीय माधव गैरे समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालोय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार २ सय ७० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस