काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएके छ । आयोगले बुधबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो संचालक सुसान्त कुइकेललाई नियन्त्रणमा लिएको हो ।
सो ठाउँमा ठेक्कामा लगाएपश्चात सेवाग्राहीबाट बाटो स्तर उन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समिति मार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुसररिसवत माग गरेको उनीहरु विरुद्ध आएको आरोप छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनीहरुलाई एक लाख रुपैयाँ नगद घुससहित नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुको साथमा ३० हजार रुपैयाँ बराबरको चेक थान समेत फेला परेको छ ।
प्रतिक्रिया दिनुहोस