aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ बैशाख २०८०
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनीहरुलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका हुन् । 

तीन जना नै कांग्रेसका तर्फबाट मन्त्री बनेका हुन् । कानुनमन्त्री बनेका धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत छन् भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेत केन्द्रीय सदस्य छन् । 

शपथ समारोहमा अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी कर्मचारीलगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस