aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

विभिन्न व्यक्तिहरूको खातामा रकम पठाउन लगाई ठगी गर्ने व्यक्ति पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ बैशाख २०८०
विभिन्न व्यक्तिहरूको खातामा रकम पठाउन लगाई ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिहरूको खातामा रकम पठाउन लगाई ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका(२ सानेपा बस्ने ३१ वर्षीय अनिल मालाकारलाई प्रहरीले पक्राउ गरेको छ । 

आइएमई कार्यालयमा गई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरुमा रकम पठाउनु पर्नेछ भनि खाता नम्बर र खातावालाको नाम समेत दिई पटक(पटक गरी जम्मा ३ लाख रूपैयाँ रकम पठाउन लगाई आइएमई कार्यालयका संचालकलाई आइएमई गरेको रकम नदिई फरार रहेको रहेको उजुरी परेको थियो । 

 फोनमा कुरा गरे जस्तो गरी भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस