काठमाडौं । जुवा तास खेल्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं ३ सुन्ताखान स्थित घर धनी अभिमन्यू थापाको २ तल्ले घरको भुई तल्लामा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो । गोप्य सुचनाका आधारमा प्रहरी बृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले सो स्थानमा पुगी हेर्दा मानिसहरु पैसा हार जित हुने गरी जुवा खेली रहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
उक्त स्थानबाट नगद उनन्साठ्ठी हजार तीन सय सत्तरी तथा जुवा खेल्न प्रयोग गर्ने तास थान-३ फेला पारी कानुनी रित पुर्बक बरामद गरको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा अभिमन्यु थापा, प्रकाश भण्डारी, ४३ श्याम ढकाल, मुकुन्द कुइकेल, ठाकुर गौतम, मुरारी कुइकेल, रामेश्वर कुइकेल र उत्तम प्रसाद भण्डारी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस