aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हुवावेले ल्यायो सर्वोत्कृष्ट मध्येको सर्बोत्कृष्ट स्मार्टफोन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ मंसिर २०७५
हुवावेले ल्यायो सर्वोत्कृष्ट मध्येको सर्बोत्कृष्ट स्मार्टफोन

काठमाण्डौं, मंसिर ४ । हुवावे कम्पनीको अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट मध्येको सर्बोत्कृष्ट स्मार्टफोन सार्वजनिक भएको छ । गत महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको हुवावे ‘मेट ट्वान्टी प्रो’ प्रयोगकर्ताहरूमाझ सर्वोत्कृष्ट स्मार्टफोनकारूपमा चिनिन्थो ।

लाइका अल्ट्रा वाइड एंगल लेन्ससहित्को लाइका ट्रिपल क्यामरा, किरिन ९८० सहितको आर्टिफिसियल इन्टेलिजेन्स ४० वाटको सुपरचार्ज तथा वायरलेस रिभर्स चार्ज युक्त ४२०० एमएएच ब्याट्री रहेको छ । यसमा हाईटच थ्रीडी फेश रेकग्निशन सहितको ईएमयुआई ९.० तथा यस फोनका आइकोनिक डिजाइनहरू बारे जोड दिएका थिए ।

‘हुवावे मेट ट्वान्टी प्रो’ मा अत्याधुनिक लाइका ट्रिपल क्यामरा सेटअप जडित छ । अन्य स्मार्टफोन उत्पादक कम्पनीहरूले अझै पनि डुअल क्यामरा मात्र ल्याइरहेको छ भने ह्वाले बदलिदो समयलाई मध्यनजर गर्दै ट्रिपल क्यामरा सेटिङ ल्याएको जनाएको छ ।

खासगरी हुवावे मेट ट्वान्टी प्रोमा भएको लाईका ट्रिपल क्यामरामा ४० एमपी आरजीबी क्यामराले दैनिक कैद गरिने फोटोहरूको डिटेलहरू सूक्ष्म रूपमा कैद गर्दछ भने ८ एमपीको टेलिफोटो लेन्सले टाढाको सटहरूमा फोकस गर्दछ र बिल्कुलै नयाँ २० एमपीलाईका अल्ट्रा वाइड एंगल लेन्सले ल्याण्डस्केप तथा म्याक्रो सटहरूका लागि सबै भन्दा उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

वायरलेस चार्जिङलाई प्राथमिकता दिँदै ह्वावे मेट ट्वान्टी प्रोले १५ वाट सम्मवायरलेस चार्जलाई सपोर्ट गर्दछ र ४० वाट सम्म पनि सपोर्ट गर्न सक्दछ । यसमा भएको सुपरचार्ज प्रविधि टियूभी प्रमाणित भएको छ ।

यसले चार्जिङलाई सपोर्ट गर्दछ भने क्यू आइ भएका उपकरणहरुका लागि पावर ब्यांककारुपमा पनि काम गर्दछ ।
ह्वावे मेट ट्वान्टी प्रोको सेटसहित चार्जर, सेतो रंगको यूएसबी टाइप–सी एअरबडहरू तथा एउटा यूएसबी टाइप–सी–टु ३.५ अडियो अड्यापटर पनि उपलब्ध गराउने जनाएको छ ।

यस ह्वावे मेट ट्वान्टी प्रो माउच्चदर्जाको इन्टेलिजेन्स, कार्यक्षमता तथा कम्युनिकेशन फिचरहरू रहेका छन्, जसले प्रयोगकर्ताहरूलाई फोन प्रयोगको सर्वोत्कृष्ट अनुभवप्रदान गर्छ ।

पछिल्लो प्रविधिलाई आत्मसातगर्दै ह्वावे मेट ट्वान्टी प्रोले किरिन ९८० का लागि सात एनएमप्रोसेस प्रविधिलाई आत्मसात गरेको छ, जसकारण सिपियूको कार्य क्षमतामा ७५ प्रतिशतले वृद्धि‚ त्यस्तै जिपियू क्षमतामा ४६ प्रतिशत सुधारहरू र एनपीयूमा २२६ प्रतिशतले वृद्धि भएको छ ।

हुवावे मेट ट्वान्टी प्रो स्ट्रीमलाइन लुककालागि आठ साइडमा कर्भ जस्तो गरिएको छ र सिमेट्रिकल लुकरहेको छ । बिल्कुलै नयाँ रंग हरियो रंग सहित क्लासिक ब्ल्याकमा यो फोन नेपाली बजारमा उपलब्ध रहेको छ । सोफिस्टिकेटेड थ्री डी फेस रेग्कनिसन फिचर तथा स्तोरन्नति गरिएको इनस्क्रीन फिङ्गर प्रिन्ट सेन्सरले ह्वावे मेट ट्वान्टी प्रो को महत्व बढाएका छन् ।

ओएलइडी ६.३९ इन्च स्क्रीनभएको यो फोन हेर्दा निकै आकर्षक, सुन्दर र सिम्पल पनि छ । सिमलेस डिस्प्लेका लागि यस फोनमा मेट टेनको बटम–फ्रन्ट बटन राखिएको छैन । यस फोनमा १९.५ः९ रेसियोको डिस्प्ले, टुके+ रेज्युलुसन (३१२०ह १४४०) जुन प्रति इन्च करिब ५३७ पिक्सल रहेको छ ।

ह्वावेको मेट ट्वान्टी प्रो तथा मेट ट्वान्टीका अन्य स्मार्टफोनहरूमा फिल्म मेकिङ तथा भिडिओ प्रोडक्सन सम्बन्धी थुप्रै विशेषताहरू रहेका छन् ।

हुवावे मेट ट्वान्टी सिरिज अन्तर्गत ह्वावे मेट ट्वान्टी, ह्वावे मेट ट्वान्टी प्रो, ह्वावे मेट ट्वान्टी एक्स तथा मेट ट्वान्टी आरएस पोर्श डिजाइन ह्वावे अन्तरर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएका छन्। तर नेपाली बजारमा भने मेट ट्वान्टी प्रो मात्र सार्वजनिक गरिएको छ ।

सोफिस्टिकेटेड डिजाइनको ह्वावे मेट ट्वान्टी प्रो स्मार्टफोन सबैभन्दा अत्याधुनिक, लामो ब्याट्री आयु, अत्याधुनिक सुरक्षा, उत्कृष्ट फोटोग्राफीतथा भिडियोग्राफी अनुभव प्रदान गर्दछ । यसको बजार मूल्य रु.१,२९,९०० रहेको छ ।

ह्वावे मेट ट्वान्टी प्रोमा ४० एमपी (वाइड लेन्स,एफ- १.८ एपेचर)ं २० एमपी (अल्ट्रावाइड एंगल लेन्स, एफ-२.२ एपेचर)ं र ८ एमपी (टेलिफोटो, एफ -२.४ एपर्चर) को लाईका ट्रिपल क्यामरा रहेको छ । साथै अटो फोकस (लेजर फोकस, फेज फोकस, कन्ट्रास्ट फोकस) तथाएआईएस (ह्वावे इमेज एआई इमेज स्टेब्लाइजेसन) फिचर समेत रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस