
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गते बुधबारदेखि पुस १ गते आइपीओ निष्काशन गर्न बाटो खुला भएको छ । । सर्वोच्च अदालतले हिमालयन रि इन्स्योरेन्सको प्रिमियममा जारी हुन लागेको आईपीओमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि कम्पनीलाई आइपीओ जारी गर्न बोटो खुलेको हो । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको विरोधमा दायर रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो ।
हिमालयन रिको प्रिमियम आईपीओ रोकिपाउन माग गर्दै अधिवक्ता भीमसेन रायमाझी र यमप्रसाद भट्टराईले सर्वोच्चमा संयुक्त रुपमा रिट दायर गरेका थिए । यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा बिक्री गर्न लागेको हो ।
६ लाख कित्ता कम्पनीका कर्मचारी र १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
सर्वसाधारणका लागि छु्टाइएको उक्त शेयर २४ लाख ९० हजार जनाले आवेदन दिए भने पनि सबैलाई १०÷१० कित्ताका दरले पर्ने सम्भावना रहन्छ । हाल १२–१३ लाखले आईपीओका लागि आवेदन दिंदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस