aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आयल निगमका कार्यकारी निर्देशक थानीले राजीनामा दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ मंसिर २०८०
आयल निगमका कार्यकारी निर्देशक थानीले राजीनामा दिए

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन्‌ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थानीले आज (मंगलबार) राजीनामापत्र बुझाएका हुन्‌ ।

थानीको राजीनामा भोलि (मंसिर २७) देखि नै लागू हुने मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट थानीलाई सरकारले वि.सं. २०७८ फागुन २६ गते निगम कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

थानीले राजीनामा दिनुको कारण खुलेको छैन । यद्यपी, तीन वर्षका लागि नियुक्त उनको कार्यकाल सकिन लागेको र दलीय भागबण्डामा नियुक्त हुने पदमा आलोपालो मिलाउन सत्तारुढ दलहरूकै सहमतिमा उनले राजीनामा दिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस