aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मेटलाइफ र नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीबीच साझेदारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ मंसिर २०८०
मेटलाइफ र नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीबीच साझेदारी

काठमाडौं । मेटलाइफ इन्स्योरेन्स र नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीबीच साझेदारी भएको छ । यस सहकार्यले चेतनामूलक कार्यक्रमहरूदेखि परामर्श सहयोगको सुविधा र जीविकाको विकासलाई प्रवर्द्धन गर्दै लगभग २,५०० जना सर्वाइभर्सहरुको दिगो जीविकाको लागि मद्दत गर्नेछ ।   

यस साझेदारीको मुख्य उद्देश्य मेटलाइफले नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीलाई सात लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग पुर्‍याउनु रहेको साझेदारहरूले बताएका छन्‌ । साझेदारीबाट काठमाडौं र झापा क्षेत्रका शैक्षिक संस्थाहरूमा प्रभावकारी क्यान्सर सचेतना कार्यक्रम सञ्चालन गर्न सशक्त बनाउने उनीहरूको दाबी छ ।

यी कार्यक्रमहरूले युवा पुस्तालाई क्यान्सरका जटिलताहरूबारे शिक्षा दिन, रोकथामका उपायहरू, प्रारम्भिक पत्ता लगाउने र रोग वरपरका प्रचलित मिथकहरूलाई हटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।

प्रतिक्रिया दिनुहोस