काठमाडौं । राजधानीमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको पुरुष व्यक्तिगत कातामा मण्डेकाजी श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका छन्।
सोमबार भएको प्रतिस्पर्धामा उनले पाकिस्तानका नाइमातुल्लाहलाई पराजित गर्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन्। श्रेष्ठले २५.७२ अंक ल्याउँदा नाइमातुल्लाहले २४ं.५२ अंक प्राप्त गरेका छन् ।
यसअघि साग खेलको कराँतेकै व्यक्तिगत कातातर्फ नेपालकी चञ्चला दनुवारले रजत जित्दै नेपालको खाता खोलेकी छिन् । उनलाई पाकिस्तानकी साहीदाले फाइनलमा पराजित गरेकी थिइन ।
फाइनलमा पाकिस्तानकी साहीदाले २५.२८ अंक प्राप्त गरेकी थिइन् भने चञ्चलाले २४. ६२ अंक मात्रै हासिल गरिन्।
प्रतिक्रिया दिनुहोस