aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१३ औं साग : नेपालको खातामा ७ स्वर्ण भित्रियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
१३ औं साग : नेपालको खातामा ७ स्वर्ण भित्रियो

काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद सागको कराँते खेलमा नेपाली कराँते खेलाडीहरुको करामत जारी छ ।

औपचारिकरुपमा १३ औं साग सुरु भएको दोस्रो दिनको खेलमा कराँतेले ४ स्वर्ण र एक पदक जित्दै नेपाललाई पदक तालिकामा शीर्ष स्थानमा राख्न सफल भएको छ ।

कराँतेमा स्वर्ण पदक थप्ने क्रममा लक्ष्मण तामाङले आफ्नो योगदान पनि जोडेका छन् । उनले पुरुष कराँतेको ५५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

उनले श्रीलंकाली प्रतिद्धन्द्धीलाई १० को अन्तरमा पराजित गर्दै नेपालका लागि स्वर्ण पदक थपेका हुन् । योसहित नेपालले पदक तालिकामा कुल ७ स्वर्ण, २ रजत र १ काँस्य पदक जित्न सफल भएको छ ।

१२ औं सागमा नेपालका लागि जुडोकी फूपु ल्हामू खत्री र उसुकी निमा घर्तिमगर र फुटबल टिमले स्वर्ण जितेको थियो । तेक्वान्दोमा १२ औं सागमा स्वर्ण विहिन भएको थियो ।

प्रतिक्रिया दिनुहोस