aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हवाई भाडा सस्तो बनाउने पर्यटनमन्त्रीले ल्याए यस्तो योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ मंसिर २०७६
हवाई भाडा सस्तो बनाउने पर्यटनमन्त्रीले ल्याए यस्तो योजना

विारटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तरप्रदेश उडान गर्ने हवाई सेवा कम्पनीलाई इन्धनमा सहुलियत दिने बताउनुभएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणद्वारा आज यहाँ आयोजित  विराटनगर विमानस्थलको विकास र विस्तार लागि पारिएको गुरु योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेशको आर्थिक क्रियाकलापमा वृद्धि र काठमाडौँको हवाई ट्राफिक घटाउने सोचले आफूले कार्य गरिरहेको जानकारी दिनुभयो ।

    मन्त्री भट्टराईले विराटनगर विमानस्थलको एक हजार ५०० मिटरवाट दुई हजार ५०० मिटर धावनमार्गको विस्तार गर्ने कार्य सन् २०२५ भन्दा अगाडि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विराटनगर विमानस्थलवाट हिमाली उडान सेवा शुरु गर्न प्रदेश सरकार तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउँदै उहाँले आगामी दिनमा साना जहाजको उडान प्रदेशको राजधानीबाट अन्य क्षेत्रमा हुने गरी काठमाडौँसँग प्रदेशको सम्पर्क उडान गर्ने नीति सरकारको छ भन्नुभयो ।

    मन्त्री भट्टराईले विराटनगर तथा चन्द्रगढी विमानस्थलबाट  बङ्गलादेशको शहीदपुर उडान चाँडै शुरु गर्ने सोचका साथ सरकारले आवश्यक गहृकार्य गरिरहेको उल्लेख गर्दै ठूलो जनसङ्ख्यामा रहेको भारतीय पर्यटकलाई ध्यानमा राखेर यहाँबाट दिल्ली र कोलकत्ता उडान गर्नुपर्नेमा जोड दिनुभयो । 

    उहाँले निजी क्षेत्रको सहकार्यमा विमानस्थलको सञ्चालन गर्ने नीति सरकारको छ भन्दै उहाँले उद्यमीको पूँजीको सुरक्षाको ग्यारेण्टी सरकारले गर्ने हुनाले ढुक्कसाथ लगानी गर्न आह्वान गर्नुभयो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलको विस्तार र जग्गा अधिग्रहणको निर्णय यही महिनाभित्र गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै प्रदेश सरकार विमानस्थलको धावन मार्ग विस्तारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु्भयो ।

उहाँले विराटनगर र चन्द्रगढीवाट अन्तरप्रदेशीय उडानका लागि आवश्यक पहल र छलफलमा जोड दिँदै विराटनगरबाट लुक्काका साथै हिमाली उडानमा सबैको सहयोग रहने बताउनुभयो । हाँले नेपालको सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य क्षेत्र भएको प्रदेश नं १ मा यसको विकासबाट मुलुकको व्यापार घाटा न्यून गरी जनतालाई धनी बनाउने सोचले कार्य गरिरहेको बताउनुभयो ।

    मुख्यमन्त्री राईले प्रदेश सरकारले विराटनगर विमानस्थललाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै तीव्रगतिमा आर्थिक विकासका लागि सबैसँग सहकार्य गर्ने धारणा व्यक्त गर्नभयो । न्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले आवश्यक जग्गा अधिग्रहण गरी विमानस्थलको धावन मार्ग तीन हजार मिटर बनाई क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थलको विकास गर्नुपर्र्नेमा जोड दिनुभयो ।

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुशियतले धावन मार्गको विस्तार तीन हजार मिटरमा परिवर्तन गर्नु हँुदैन भन्दै आगामी तीन वर्षभित्रमा कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।

    पूर्वमन्त्री लालबाबु पण्डितले छिमेकी देशका पर्यटकलाई ध्यानमा राखी विमानस्थलको विस्तार चाँडै गर्नुपर्ने बताउँदै काठमाडाँैको एयर ट्राफिक चाप कम गर्न हिमाली उडान सञ्चालन अविलम्व शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।  विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सन् २०२५ सम्मा गरिने गुरुयोजना र बजेटको उचित कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै पर्यटक वसाई लम्बयाउन हिमाली उडान शुरु गर्नुपर्नेमाजोड दिनुभयो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले तराईका विमानस्थलको विस्तार कार्य गुरु योजना अनुरुप भइरहेको बताउँदै यस क्षेत्रमा भू–उपग्रह आधारित भएर उडान हुने जानकारी दिनुभयो ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, नेपाली काँग्रेसका जिल्ला सचिव मोदराज घिमिरे, सङ्घीय समाजवादी पार्टी नेपालका मोरङ अध्यक्ष राजकुमार यादव, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, होटल व्यवसायी पुण्य भट्टराई, नागरिक समाजका सरस्वती कोइराला र विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले प्रदेशको पर्यटन क्षेत्रमा रु दुई हजार करोड लगानी भएकाले हिमाली र लुक्ला उडान हुनुपर्नेमा जोड दिनुभयो ।

प्राधिकरणका इन्जिनियर प्रदीप अधिकारीले विमानस्थलको सन् २०४० सम्मको गुरुयोजना प्रस्तुत गर्दै रु ११ अर्व लगानीमा विमानस्थलको हाल रहेको १२० विघा क्षेत्रफलमा ८३ बिघा जग्गा अधिग्रहण गरेमा २४ वर्षपछि व्यस्त समयमा प्रतिघण्टा एक हजार २०० हवाई यात्रुलाई सेवादिन सकिने जानकारी दिनुभयो । उहाँले विमानस्थल विस्तारवाट सन् २०४० मा प्रतिवर्ष नौ लाख ५० हजार स्वदेशी तथा दुई लाख २५ हजार बाह्य पर्यटकलाई सेवा उपलब्ध गराउन सकिने धारणा प्रस्तुत गर्नुभयो । विराटनगर विमानस्थलको हाल एक हजार ५०० मिटर धावन मार्ग रहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस