
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाललाई उछिन्दै भारते पदक तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको छ । भारतले बुधबारसम्म ३२ स्वर्ण, २४ रजत र १३ कांस्यसहित ७० पदक जित्दै पदक तालिकामा शीर्ष स्थानमा रहेको छ ।
नेपालले जम्मा ६९ पदक जितेको छ । जसमा स्वर्ण २९, रजत १५ र कांस्य २५ जित्दै दोस्रो स्थानमा रहन पुगेको छ । यसैगरी तेस्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कांस्यसहित ४५ पदक जितेको छ भने चौथो स्थानमा रहेको श्रीलंकाले ८ स्वर्ण, २३ रजत र ३८ कांस्यसहित ६९ पदक जितेको छ ।
पाकिस्तान आठ स्वर्ण, १५ रजत र १३ कास्यसहित तेस्रो, श्रीलङ्का सात स्वर्ण, १८ रजत र ३२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, सात रजत र २४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ । नेपालले आज ट्रायथलन, तेक्वान्दो र करातेमा दुई÷दुई स्वर्ण पदक जितेको हो ।
प्रतिक्रिया दिनुहोस