
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानसमक्ष २३७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । नेपालले टी–२० मा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन बनाए। मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए। टि–२० मा शतक प्रहार गर्ने मल्ल नेपालका दोस्रा खेलाडी हुन्। यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए।
यस्तै पारस खड्काले २८ बलमा ९ चौका र १ छक्काको मद्दतले ५७ रन बनाए। उपकप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए।भुटानका कर्मा दोर्जीले नेपालका २ र तोब्देन सिंगेले १ विकेट लिए। केही बेरमा भुटानले जवाफी ब्याटिङ गर्नेछ ।
प्रतिक्रिया दिनुहोस