aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भ्रमण वर्षका लागि गीत पठाउन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ मंसिर २०७६
भ्रमण वर्षका लागि गीत पठाउन आग्रह

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०’ को प्रचारप्रसारका लागि भ्रमण वर्ष सचिवालयले उपयुक्त गीतका लागि सार्वजनिक आह्वान गरेको छ । सचिवालयका अनुसार १० दिनभित्र गीत रचना गरी पठाउनुपर्ने छ । गीत सचिवालयको केशरमहलस्थित कार्यालय पुगेर वा इमेलमार्फत पठाउन भनिएको छ ।
सचिवालयका अनुसार, गीतका शब्द नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्कने हुनुपर्नेछ ।
प्राप्त गीतमध्ये छनोटमा परेका उत्कृष्ट गीतलाई पुरस्कार दिने सरकारको तयारी रहेको छ । सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीतसंगीतबाट गर्दा प्रभावकारी हुने भएकाले नेपाल भ्रमण वर्ष गीत रचनाका लागि सार्वजनिक आह्वान गरेको हो ।  २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको ‘भिजिट नेपाल २०२०’ आगामी जनवरी १ मा औपचारिक शुभारम्भ हुँदैछ ।


 
 

प्रतिक्रिया दिनुहोस