aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ओयो सञ्जालमा २०० भन्दाबढी होटल आवद्ध ३४०० भन्दा बढी रुम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ बैशाख २०७६
ओयो सञ्जालमा २०० भन्दाबढी होटल आवद्ध ३४०० भन्दा बढी रुम

काठमाडौं । ओयो होटलस् र होमस्ले आफ्नो सञ्जाललाई ३ देखि १० शहर सम्म विस्तार गरेको जनाएको छ । कम्पनीले मे २०१७ मा काठमाडौंबाट सञ्चालनको सुरुवाट गरेको थियो र अब हाल पोखरा, धुलिखेल, भक्तपुर,नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगडीमा अवस्थित छ । ओयोको सञ्जालमा २०० भन्दा बढी होटलहरु ३४०० भन्दा बढी अननय कोठाहरु रहेका कम्पनीको दावी रहेको छ । 

 आदित्य घोष, इन्डिया र दक्षिण असिया, ओयो होटलस् र होमस्को प्रमुख कर्यकारि अधिकृतले भने, “हामीले नेपालमा सञ्चालन सुरु गरे पछि हामीले नेपालको अतिथ्य उद्योगबाट र त्यसका अवसरहरुबाट धेरै सिकेका छौं । हामी हाम्रा ग्राहकहरु र होटल मालिकहरुको प्रतिक्रियाबाट प्रभावित छौं र त्यसले हाम्रो ३ वटा बाट १० वोटा शहरमा छिटो विस्तार गर्न मुख्य भूमिका खेलेको छ ।'

'हामीले हालै भारत र दक्षिण असियाको लागि भा रु १४०० करोडको लगानी गरेका छौं र नेपाल रणनीतिक बजार भएको हुनाले हामी हरेक प्रकारको अचल सम्पत्तिहरुमा महत्व थपेर नेपालको अतिथ्य उद्योगलाई परिवर्तन गर्न धेरै मेहेनत गरेर काम गरिरहेका छौं ।' 

भारत र चिनमा राम्रो बजार विस्थापन गरिसकेपछि नेपाल ओयो होटलस् र होमस्का लागि अर्को अवसर बनेर निस्केको छ । गुणस्तरिय वासस्थानहरुको माग र आपुर्तिमा ठूलो विच्छेद भएको हुनाले यात्रीहरु र नेपालीहरुले स्थान, गुणस्तर र मुल्यमा समझौता गर्नु परेका छन् । ओयोले प्रविधि र प्रतिभाको प्रयोगले यस समस्यालाई समाधान गर्दछ । 

औसतमा ओयोको सञ्जाल सँग आवद्ध हुने प्रोर्पटीहरुले ६५ ५ अक्युपेन्सी पाइ रहेका छन् । नेपालमा सञ्चालन सुरुवात गरे देखि ओयोले अतिथि अनुभवमा मानकीकरण र स्थिरता निश्चित गर्न २०० भन्दा बढी होटलहरुलाई रुपानतरण गरेको छ । कम्पनीको वासस्थलहरुको रुपानतरण र नवीनकरण गर्ने द्रिष्टिकोण प्रविधि द्वारा संचालित छ । 

 “हामी संसार भरको यात्रीहरुको लागि सबै भन्दा राम्रो ओयो अनुभवलाई नेपालमा ल्याउनमा र नेपालको भिजन २०२० प्रति प्रतिबद्ध छौं । हाम्रो २०० भन्दा बढी होटल मालिकहरुको समुदाय हाम्रा प्रेरणाको श्रोत हुन् र हामी यस संलगन्तालाई गहिरो बनाउनमा र उनीहरुलाई हरेक कदममा प्रविधि र प्रतिभाद्वारा साथ दिनमा केन्द्रित छौं । हाम्रो १० वटा शहरहरुमा भएको विस्तार हाम्रा होटल मालिकहरु र अतिथिहरुले हामीलाई देखाएको विस्वासको प्रमाण हो । आगामी महिनाहरुमा हामी नेपालमा हाम्रो उपस्थितिलाई अझै गहिरो र फराकिलो बनाउन जारी रहनेछौं । '

ओयो होटलस्ले विभिन्न ढाँचाहरुको अचल सम्पत्तिहरुसँग समझदारी गर्ने र छिटै रुपान्तरण गर्ने क्षमता बनाएको र प्रदर्शन गरेको छ । नेपालमा सञ्चालन सुरुवात गरे देखि कम्पनीले बजार विस्थापन गरेर २०० वोटा फ्रान्चाइजड र ओयो ब्रान्डेड होटलहरु थपेका छन् जसमा टि.वी., सफा तन्ना, निःशुल्क ब्रेकफास्ट, निःशुल्क वाई.फाई, सफा ट्वाइलेट, प्रत्येक रूममा टोईलेट्रीज किट, पहेंलो लाईटिङ्ग, गुणस्तरीय डसना, ताजा सुगन्ध आदि जस्ता आधुनिक सुविधाहरु भएको आरामदायी सुसज्जित कोठाहरु छन् । ३४०० भन्दा बढि अनन्य कोठाहरु यस देशको सञ्जालका सदस्य हुन् । नन्य कोठाहरु यस देशको सञ्जालका सदस्य हुन् । 

प्रतिक्रिया दिनुहोस